काठमाडौं। पश्चिम नेपालमा भएको हिमपातमा कम्तीमा २९ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १८ जनाको शव भेटिएको छ। नेपाली सेनाले मुस्ताङबाट १० र मनाङबाट तीन शव फेला पारेको छ। म्याग्दीमा हिमपहिरोमा परि हराइ रहेका ५ जना पदयात्रीको शव बिहीबार भेटिएको स्थानीय अधिकारीले जनाएका छन्। यसअघि बुधबार मुस्ताङमा चार र मनाङमा सात गरी ११ शव फेला परेको थियो।
मुस्ताङमा शव भेटिएका दुई इजरेली, एक पोलिस र दुई नेपाली छन्। बाँकी ६ शवको पहिचान खुल्न सकेको छैन। मनाङमा भेटिएका तीन शव मध्ये दुई भारतीय र एक नेपालीको छ। म्याग्दीमा भेटिएका पाँच मध्ये तीन नेपाली र २ स्लोभाकियाली रहेका छन्। नेपाली सेना र नेपाल ट्रेकिङ एजेन्सी संघ(टान)का हेलिकप्टरहरुले उद्दार गरेको छ।
कर्णाली जिल्ला दुर्गम डोल्पामा पदयात्रामा गएका नेपाली र विदेशी पदयात्री गरी एक सयभन्दा बढीसँग सम्पर्क हुन नसकेको अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।
बिहीबार रात परेपछि उद्दार कार्य स्थगीत गरि शुक्रबार बिहानबाट शुरु गरिएको छ। मनाङ र मुस्ताङबाट गरी २ सय ९ जनालाई बुधबार र बिहीबार उद्दार गरिएको छ।
कसरी भैरहेको छ उद्दार फोटा फिचर
उद्दार कार्यमा रहेको फिस्टेल एयरको हेलिकप्टरका क्याप्टेन स्टेभन ब्रुस बोकानले थोराङ ला भञ्ज्याङबाट सैनिक अस्पताल छाउनीसम्म खिचेको तस्वीरहरु
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो