काठमाडौं। पश्चिम नेपालमा भएको हिमपातमा कम्तीमा २९ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १८ जनाको शव भेटिएको छ। नेपाली सेनाले मुस्ताङबाट १० र मनाङबाट तीन शव फेला पारेको छ। म्याग्दीमा हिमपहिरोमा परि हराइ रहेका ५ जना पदयात्रीको शव बिहीबार भेटिएको स्थानीय अधिकारीले जनाएका छन्। यसअघि बुधबार मुस्ताङमा चार र मनाङमा सात गरी ११ शव फेला परेको थियो।
मुस्ताङमा शव भेटिएका दुई इजरेली, एक पोलिस र दुई नेपाली छन्। बाँकी ६ शवको पहिचान खुल्न सकेको छैन। मनाङमा भेटिएका तीन शव मध्ये दुई भारतीय र एक नेपालीको छ। म्याग्दीमा भेटिएका पाँच मध्ये तीन नेपाली र २ स्लोभाकियाली रहेका छन्। नेपाली सेना र नेपाल ट्रेकिङ एजेन्सी संघ(टान)का हेलिकप्टरहरुले उद्दार गरेको छ।
कर्णाली जिल्ला दुर्गम डोल्पामा पदयात्रामा गएका नेपाली र विदेशी पदयात्री गरी एक सयभन्दा बढीसँग सम्पर्क हुन नसकेको अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।
बिहीबार रात परेपछि उद्दार कार्य स्थगीत गरि शुक्रबार बिहानबाट शुरु गरिएको छ। मनाङ र मुस्ताङबाट गरी २ सय ९ जनालाई बुधबार र बिहीबार उद्दार गरिएको छ।
कसरी भैरहेको छ उद्दार फोटा फिचर
उद्दार कार्यमा रहेको फिस्टेल एयरको हेलिकप्टरका क्याप्टेन स्टेभन ब्रुस बोकानले थोराङ ला भञ्ज्याङबाट सैनिक अस्पताल छाउनीसम्म खिचेको तस्वीरहरु
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा