काठमाडौँ, १८ मङ्सिर । ओलम्पिक काउन्सिलले तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मिति घोषणा गरेको छ ।
काउन्सिलको आज यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा गर्ने घोषणा भएको थियो । हरेक दुई वर्षमा आयोजना हुने उक्त खेल नेपालको आन्तरिक कारणले केही समय लम्बिन गएको हो ।
आजको बैठकले ओलम्पिक परिषद्को प्रधान कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले राससलाई बताउनुभयो ।
तेह्रौँ सागमा कम्तिमा २० र बढीमा २५ खेल समावेश गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो । परिषद्को अर्को बैठक भुटानमा हुनेछ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक