काठमाडौं। मन्त्रिपरिषदले एकीकृत नेकपा माओवादीको सिफारिसमा चार जना सभाषद् मनोनयन गरेको छ। बिहीबारको बैठकले राममाया बोगटी, जनकराज जोशी, श्याम श्रेष्ठ र जनक बुढालाई मनोनित गरेको हो।
माओवादीको सिफारिसमा सभाषद बनेकी राममाया हालै निधन भएका माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीकी पत्नी हुन भने जोशी सरकारका पूर्व सचिव हुन। त्यसैगरी श्रेष्ठ बामपन्थी वुद्धिजिवी र बुढा बझाङका माओवादी नेता हुन्।
यसअघि मन्त्रिपरिषद्ले नेपाली कांग्रेस र नेकपा एमालेको सिफारिसमा ८ -८ र राप्रपा नेपालको सिफारिसमा एक सभाषद मनोनयन गरिसकेको छ। साना राजनीतिक दलहरुलाई छुट्याएको चार स्थानमा भने नियुक्त हुन बाँकी छ। कांग्रेसको कोटामा परेको एक स्थान रिक्त छ।
मन्त्रिपरिषदको विहिवारको बैठकले राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी महाप्रबन्धकमा श्रीरामसिंह बस्न्यातलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषदको बैठकले राष्ट्रिय समाचार समिति (रासस) को महाप्रवन्धकमा श्रीरामसिंह बस्न्यात नियुक्त गरेको छ । २०४४ सालमा सहायक सम्पादकबाट राससमा सेवा प्रवेश गरेका बस्न्यात यसअघिसम्म राससमा प्रधान सम्पादक थिए। २८ वर्ष राससमा कार्यरत रहँदा उनले प्रमुख समाचारदाता, समाचार महाशाखा प्रमुख, आलेख सम्पादक लगायत पदमा काम गरेका छन्। उनी २०१४ सालमा काठमाडौंमा जन्मेका हुन्
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ