कुवेत नगर, १५ मङ्सिर । कुवेतका अमिर सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार पदमुक्त हुन लाग्नुभएका प्रधानमन्त्री सेख जबर मुबारक अल–सवाहलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आदेश दिनुभएको छ । कुवेतमा हालै भएको निर्वाचनमा प्रतिपक्षी दल बलियो देखिएको छ ।
सेख जबर मुबारक अल–सवाह सत्ताधारी अल–सवाह परिवारका वरिष्ठ सदस्य हुनुहुन्छ र सोमबार उहाँले संविधान अनुसार राजिनामा दिनुभएको थियो । कुवेतको संविधान अनुसार नयाँ निर्वाचन भएपछि कायम रहेको मन्त्रिपरिषद्ले राजिनामा दिनपर्छ ।
उहाँले डिसेम्बर ११ सम्म नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्छ । सोही दिन संसदको नयाँ अधिवेश आरम्भ हुनेछ ।
इस्लामीहरूको बाहुल्य रहेको प्रतिपक्षीले ५० स्थानयुक्त संसदका करिब आधा स्थान प्राप्त गरेका छन् र उनीहरूले तेलको राजश्व कम भएको अवस्थामा सरकारले ल्याउने मितव्ययी उपायको विरोध गर्ने बताएका छन् ।
प्रतिपक्षी सांसदहरूले निर्वाचनको नतिजा अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरे पनि ७३ वर्षीय सेख जावरलाई पुन नियुक्ति गरिएको छ ।
कुवेतको संविधान अनुसार निर्वाचनको नतिजा जे भए पनि प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अमिरलाई रहेको छ । कुवेती सरकार प्रणाली पश्चिमी शैलीको बहुदलीय प्रणालीसँग मिल्दैन ।
सरकारी कुना समाचार संस्थाले अमिरले पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुख मार्जुक अल गानेमसँग परामर्शपछि शेख जाबरलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको उल्लेख गरेको छ ।
नयाँ संसदको सरकारसँग सम्बन्ध राम्रो नहुने अनुमान विश्लेषकहरूले गरेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई