काठमाडौँ, २ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गर्नुभएको छ ।
एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ आज समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको जनाउनुभयो । उहाँले भन्नुभयो, “पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्काे गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।”
वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संशोधन गर्ने हो भने त्यसलाई कडाइ हुनसक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिइने जनाउनुभयो ।
आफ्नो नेतृत्वको सरकार हुँदा समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्ता परिवर्तन गरिएको गुनासो गर्दै उहाँले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताउनुभयो ।
एमाले स्कुल विभागका उपप्रमुख शङ्कर पोखरेलले प्रशिक्षणका कार्यलाई पार्टी पङ्क्तिमा थप विस्तार गरिने जानकारी दिनुभयो । चौतारीका अध्यक्ष गणेश बस्नेतले आफ्नो सङ्गठनले विचार र व्यावसायिकतालाई एकसाथ लाने बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो