काठमाडौं। जनकविकेशरी धर्मराज थापाको निधन भएको छ। थापा ९२ वर्षका थिए। लामो समयदेखि बिरामी थापाको स्वयम्भूस्थित निवासमा निधन भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ। उनको जन्म १९८१ साल साउन १ गते कास्कीको बाटुलेचौरमा भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मस्तिष्क पक्षघात लगायतका रोगबाट ग्रसित थापालाई गत वर्ष पनि लामो समय वीर अस्पतालको आइसियुमा राखी उपचार गरिएको थियो।
उनको हरियो डाँडामाथि हलो जोत्ने साथी, आज मादल बजेको किन?, हाम्रो तेन्जिङ शेर्पाले जस्ता गीत निकै प्रसिद्ध छन्। उनको लेखन र गायन मौलिक र जनजिब्रोमा झुण्डिने प्रकृतिका थिए। विशेष गरी मौलिक लेखनमा गीतकार र कविका रूपमा चिनिने थापाको सङ्कलन र सम्पादनको क्षेत्रमा चाहिँ लोकभाका, लोकध्वनि र लोकसाहित्य हो। उनले थुप्रै पुरस्कार प्राप्त गरेका छन्।
उनकी छोरीहरु ज्ञानु राणा र यानु भट्ट गायिका हुन्। जेठो छोरा मदनराज थापा स्वास्थ्य क्षेत्रमा कार्यरत छन् भने माइला कुञ्जराज पोखराको पृथ्वीनारायण क्याम्पसमा सहप्राध्यापक छन्। कान्छा छोरा डा. बुलन्द थापा हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो