काठमाडौं। राजधानीको बबरमहलमा सोमबार साँझ भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्। काभ्रेको धुलिखेलबाट पुरानो बसपार्क आउँदै गरेको काभ्रे बस व्यवसायी संघको बा १ख ८६७६ नम्बरको तीव्र गतिमा रहेको बस तीन वटा मोटरसाइकलमा ठक्कर दिदै आफै पल्टेपछि चौथो मोटरसाइकल पनि पूर्ण रुपले थिचेको थियो। दुर्घटना काठमाडौं जिल्ला भवन अघि भएको थियो।
बसले बा३२प २६७६ नम्बरको मोटरसाइकल पूर्ण रूपले थिचेको थियो भने बा६२प ३६९८, बा३७प ७६३९ र बा५६प ३५३८ नम्बरका मोटरसाइकललाई पल्टिनुअघि नै ठक्कर दिएर हुत्याइदिएको थियो । प्रहरीले बस तीव्र गतिमा रहेको कारण दुर्घटना भएको बताए । ब्रेक हान्दा बस करिब १५ मिटर जति सडकमा घिस्रिएको टायरको डोब देखिन्छ। प्रहरीले एक्कासी ब्रेक हान्दा असन्तुलित भएर बस पल्टिएको जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन्।
प्रहरीले मृतक मध्ये दुई जनाको मात्रै सनाखत भएको जनाएको छ। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित