
लन्डन । बेलायतमा २७ नोभेम्बरका दिन हुन लागेको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ मा अब एक्लैले पनि प्रतिष्पर्धा गर्न पाउने भएका छन् । आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेडले आकांक्षीको आग्रहलाई मध्यनजर
गर्दै समूहमात्र होइन, अब एकल नाच समेत गर्न सकिने नियम बनाएको हो ।
बेलायतमा रहेका नेपाली युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गर्न लागिएको उक्त प्रतियोगितामा भाग लिन उमेर पनि घटाइएको छ ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईका अनुसार, अब १५ वर्ष माथिकाले यसमा भाग लिन सक्नेछन् । यसअघि १६ वर्ष माथिकाले मात्र भाग पाउने भनिएको थियो । पुरस्कार राशी आकर्षक रहेको यस प्रतियोगिताको दर्ता समयसीमा पनि १० नोभेम्बरसम्म बढाइएको छ भने अडिसन १२ नोभेम्बर बिहान १० देखि ३ बजेसम्म प्रिन्सेस हल अल्डरसटमा गरिने भएको छ । अडिसनमा जुनसुकै गीतमा एउटा नाच देखाउनुपर्नेछ ।
नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेको उक्त प्रतियोगितामा प्रथम हुनेले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड पुरस्कार र प्रमाणपत्र पाउने आयोजकले जनाएका छन् । विजेतालाई फिल्म वा म्यूजिक भिडियोमा समेत अवसर दिने आयोजकको योजना छ । प्रतिष्पर्धीले चर्चित कोरियोग्राफर रिनासासंग धेरै डान्स टिप्स र ज्ञान लिन सक्नेछन् ।
सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने प्रतियोगितामा नेपालका लोकप्रिय नायक नायिका प्रियंका कार्की र दयाहाङ राईको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडले सन् २००८ तिर गरेको ट्यालेन्ट हन्ट शो अत्यधिक रुचाइएको थियो । त्यही परिकल्पनालाई अहिले अझ परिस्कृत र परिमार्जित गर्दै प्रतियोगिता गर्न लागिएको हो । नेपाली समुदायका अगुवा सूर्य गुरुङ, कमल गुरुङ, सोलिसिटर राजु थापा, वी पी खनाल, डा. कपिल रिजाल, पुनम गुरुङ, कुसाङ गुरुङ जस्ता व्यक्तित्वको साथले पनि प्रतियोगिता विशेष हुने आशा गरिएको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह