
लन्डन । एनआरएनए यूकेले चुनावमा मात्र सदस्यता बटुलिने यसअघिको परम्परा तोड्दै अहिले नै सदस्य संख्या वृद्धि गर्ने रणनीति लिएको छ । आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित बैठकले तत्काल सदस्यता विस्तारलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । संघप्रति जनमानसको आकर्षण घटिरहेका बेला यस्तो निर्णय भएको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त बैठकले संघको आफ्नो महत्वकांक्षी नेपाल हाउस प्रोजेक्टका लागि कोष अभिवृद्धि गर्ने उद्देश्यले आगामी २६ डिसेम्बरका दिन च्यारिटी डिनर गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरि, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्समा क्षेत्रीय भेला गर्ने सहमति अनुरुप ति भेलाको संयोजन गर्न उपाध्यक्ष दासु पाण्डेलाई जिम्मेवारी तोकिइएको सचिव फडिन्द्र भट्टराईले जानकारी दिए । भेला हुने स्थान र मिति भने पछि तय गरिने बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते