फ्रान्कफर्ट (जर्मनी), १ कात्तिक । पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादक प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको र छ जना हराइरहेका यहाँको वास्फ कम्पनीले जनाएको छ ।
घटनामा छ जना घाइते भएका जनाइएको छ ।
रसायन उत्पादन गर्ने प्लान्टमा रहेको पाइपमा आगो लाग्दा विस्फोट भएको र विष्पोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भनी प्लान्ट रहेको क्षेत्र वरपरका मानिसलाई घरबाट बाहिर ननिस्कन र ढोका लगाएर घरभित्रै बस्न कम्पनीले अनुरोध गरेको छ ।
लुबिगसाफेन फ्रान्कफर्टदेखि ८० किलोमिटर दक्षिणपश्चिममा अवस्थित जर्मन सहर हो ।
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका