रत्ननगर (चितवन) । सुरक्षित यौन जीवनका लागि चितवनमा गत वर्ष सात लाख कण्डम वितरण भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा गएको वर्ष करिब एक लाख बढी कण्डम वितरण गरिएको हो ।
आज २०औँ राष्ट्रिय कण्डम दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम पनि भइरहेका छन् । अघिल्लो वर्ष छ लाखको हाराहारीमा कण्डम वितरण गरिएकामा यस वर्ष बढेर सात लाख पुगेको कार्यालय प्रमुख केहरसिंह गोदारले जनाए।
अझै पनि खुला रूपमा प्रयोगकर्ताले कण्डमको माग गर्ने अवस्था नरहेको भन्दै सामाजिक सोचमा परिवर्तन आवश्यक भएको गोदारले बताए । नेपाल परिवार नियोजन सङ्घ र मेरी स्टोप्सबाट पनि लाखौँको कण्डम वितरण भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
सुरक्षित यौन जीवन र अस्थायी परिवार नियोजनको भरपर्दाे साधनका रूपमा कण्डम प्रयोग गर्न जनस्वास्थ्य कार्यालय चितवनले सर्वसाधारणमा आग्रह गरेको छ । चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस अगाडि कण्डम दिवसका अवसरमा कक्ष नै राखेर जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
सो कार्यक्रममा निःशुल्क कण्डम वितरण हुनेछ । जनस्वास्थ्य कार्यालयलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न एक दर्जनभन्दा बढी संस्थाको आयोजनामा कण्डम वितरण गरिएको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा