रत्ननगर (चितवन) । सुरक्षित यौन जीवनका लागि चितवनमा गत वर्ष सात लाख कण्डम वितरण भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा गएको वर्ष करिब एक लाख बढी कण्डम वितरण गरिएको हो ।
आज २०औँ राष्ट्रिय कण्डम दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम पनि भइरहेका छन् । अघिल्लो वर्ष छ लाखको हाराहारीमा कण्डम वितरण गरिएकामा यस वर्ष बढेर सात लाख पुगेको कार्यालय प्रमुख केहरसिंह गोदारले जनाए।
अझै पनि खुला रूपमा प्रयोगकर्ताले कण्डमको माग गर्ने अवस्था नरहेको भन्दै सामाजिक सोचमा परिवर्तन आवश्यक भएको गोदारले बताए । नेपाल परिवार नियोजन सङ्घ र मेरी स्टोप्सबाट पनि लाखौँको कण्डम वितरण भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
सुरक्षित यौन जीवन र अस्थायी परिवार नियोजनको भरपर्दाे साधनका रूपमा कण्डम प्रयोग गर्न जनस्वास्थ्य कार्यालय चितवनले सर्वसाधारणमा आग्रह गरेको छ । चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस अगाडि कण्डम दिवसका अवसरमा कक्ष नै राखेर जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
सो कार्यक्रममा निःशुल्क कण्डम वितरण हुनेछ । जनस्वास्थ्य कार्यालयलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न एक दर्जनभन्दा बढी संस्थाको आयोजनामा कण्डम वितरण गरिएको हो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो