
भद्रपुर, २६ असोज । झापाको विर्तामोडस्थित पश्चिम काँटामा आज बिहान करिब भएको दुर्घटनामा ६० जना घाइते भएका छन् ।
विपरित दिशाबाट आइरहेका ना अ ख १८९८ र ना. अ. ख ६५६१ नं को यात्रुबाह बस एकआपसमा ठेक्किदा बसमा रहेका यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको उपचार स्थानीय बिएण्डसी अस्पतालमा भइरहेको र प्रहरीले तीनकोे विवरण सङ्कलन गरिरहेको जनाइएको छ
यसैबीच रसुवाको धुन्चेमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा आर्का एक बालक सख्त घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धुन्चेबाट त्रिशूली नदीतर्फ गइरहेको वा.६८ प ८४७३ नं को मोटरसाइकलले ठक्कर दिएको हाकु– ३ का पँचवर्षीय रुवीन तामाङ सख्त घाइते भएका हुन् । अहिले उनको उपचार काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा भइरहेको बताइएको छ ।
सो मोटरसाइकल र चालक अजय थापालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको र घटना घटेलगत्तै घाइते बालकलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक