
भद्रपुर, २६ असोज । झापाको विर्तामोडस्थित पश्चिम काँटामा आज बिहान करिब भएको दुर्घटनामा ६० जना घाइते भएका छन् ।
विपरित दिशाबाट आइरहेका ना अ ख १८९८ र ना. अ. ख ६५६१ नं को यात्रुबाह बस एकआपसमा ठेक्किदा बसमा रहेका यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको उपचार स्थानीय बिएण्डसी अस्पतालमा भइरहेको र प्रहरीले तीनकोे विवरण सङ्कलन गरिरहेको जनाइएको छ
यसैबीच रसुवाको धुन्चेमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा आर्का एक बालक सख्त घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धुन्चेबाट त्रिशूली नदीतर्फ गइरहेको वा.६८ प ८४७३ नं को मोटरसाइकलले ठक्कर दिएको हाकु– ३ का पँचवर्षीय रुवीन तामाङ सख्त घाइते भएका हुन् । अहिले उनको उपचार काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा भइरहेको बताइएको छ ।
सो मोटरसाइकल र चालक अजय थापालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको र घटना घटेलगत्तै घाइते बालकलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो