लन्डन । लन्डन सेफर्डबुसमा सञ्चालित नेपाल अथेन्टिक डाइनिङ नामक रेष्टुरेन्टको औपचारिक उद्घाटन गरिएको छ । बिहीबार सांझ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ह्यामरस्मिथ एण्ड फुलहाम मेयर मर्सी उमेय र श्रीमति रितादेवी सिंहले दीप प्रज्वलन र कर्टेन उतारेर रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन् । यसअघि रहेको नेपलिज तन्दुरी रेष्टुरेन्टलाई नै नयां नाम, मेनु, साजसज्जा र व्यवस्थापनसहित सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी ह्यामरस्मिथ एण्ड फुलहाम मेयर मर्सी उमेयले बेलायत नेपाल दौत्य सम्वन्धबारे चर्चा गर्दै रेष्टुरेन्ट सफलताको शुभकामना दिइन् ।
रेष्टुरेन्ट सञ्चालकद्वय ओजेश सिंह र रिसब श्रेष्ठले अढाइ दशक देखि अनुभव संगालेका सेफले बनाएका अथेन्टिक नेपाली खाना उपलव्ध गराउने प्रण गरे । उनीहरुले सहभागी सबै पाहुनाप्रति आभार समेत व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम इमर्ज मार्केटिङले आयोजना गरेको हो भने कार्यक्रम सञ्चालन रुसी श्रेष्ठले गरेकी थिइन् । पाहुनाहरुलाई सगुन स्वरुप समय् बजी, डिनर र जलपान दिइएको थियो । उक्त अवसरमा आर के स्क्वायर ब्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा