लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी आइतबार गोर्खा मेमोरियल डेमा सहभागी भए । राजदूतका रुपमा बेलायत उत्रिएपछि डा. सुवेदीको यो नै पहिलो सार्वजनिक कार्यक्रम हो ।
फोक्सटन टाउनस्थित गार्डेन अफ रिमेम्बरेन्समा आयोजित मेमोरियल डेमा आतिथ्य ग्रहण गर्न पुगेका सुवेदीले बेलायत नेपाल सम्बन्ध अझ विस्तार गर्न आफू लाग्ने प्रण गरे । उनले गोर्खाहरुको योगदानको पनि प्रशंसा गरे ।
रोयल गोर्खा राइफल्स रेजिमेन्टको घर मानिने फोकस्टनमा करिब ७० हजार पाउण्ड (करिब डेढ करोड रुपैंया) मा गोर्खा स्मारक बनाइएको पहिलो वार्षिकीमा कार्यक्रम भएको हो । गोर्खा मेमोरियल फण्डले अफगानिस्तानमा दिवंगत १५ जना गोर्खाहरुको सम्झनामा गत वर्ष स्मारक बनाएको थियो ।
समारोहमा गोर्खा मेमोरियल फण्ड यूकेका संस्थापक अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङ र फोक्सटन टाउन मेयर काउन्सिलर मार्टिन सल्मनले महारानीका केन्ट प्रतिनिधि डेपुटी लर्ड लेफ्टिनेन्ट अफ केन्ट सहित अन्य अतिथीलाई स्वागत गरेका थिए । मन्तव्यका क्रममा गुरुङले बेलायत र नेपालबीचको सम्वन्ध अभिवृद्धिमा स्मारकले गहन भूमिका निर्वाह गरेको बताए । उनले बेलायती नयां पुस्तालाई गोर्खाबारे अवगत गराउन पनि स्मारकको भूमिका उल्लेख्य रहेको धारणा राखे । एक वर्ष अवधिमा यूके युरोपका करिब ३ हजार विद्यार्थीले स्मारक भ्रमण गर्दा नेपालको पर्यटनमा समेत सहयोग पुगेको उनको दावी थियो ।
गोर्खा मेमोरियल फण्डले भूकम्पपछि विचल्ली भएका चेलीबेटीको उद्दार गर्न माइती नेपाललाई दश हजार पाउण्ड दिएको थियो । साथै झापामा भूकम्पबाट जोगिने उपायबारे प्रशिक्षणसहित ७ टन सामाग्री प्रदान गरेको गुरुङले जनाए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते