लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी आइतबार गोर्खा मेमोरियल डेमा सहभागी भए । राजदूतका रुपमा बेलायत उत्रिएपछि डा. सुवेदीको यो नै पहिलो सार्वजनिक कार्यक्रम हो ।
फोक्सटन टाउनस्थित गार्डेन अफ रिमेम्बरेन्समा आयोजित मेमोरियल डेमा आतिथ्य ग्रहण गर्न पुगेका सुवेदीले बेलायत नेपाल सम्बन्ध अझ विस्तार गर्न आफू लाग्ने प्रण गरे । उनले गोर्खाहरुको योगदानको पनि प्रशंसा गरे ।
रोयल गोर्खा राइफल्स रेजिमेन्टको घर मानिने फोकस्टनमा करिब ७० हजार पाउण्ड (करिब डेढ करोड रुपैंया) मा गोर्खा स्मारक बनाइएको पहिलो वार्षिकीमा कार्यक्रम भएको हो । गोर्खा मेमोरियल फण्डले अफगानिस्तानमा दिवंगत १५ जना गोर्खाहरुको सम्झनामा गत वर्ष स्मारक बनाएको थियो ।
समारोहमा गोर्खा मेमोरियल फण्ड यूकेका संस्थापक अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङ र फोक्सटन टाउन मेयर काउन्सिलर मार्टिन सल्मनले महारानीका केन्ट प्रतिनिधि डेपुटी लर्ड लेफ्टिनेन्ट अफ केन्ट सहित अन्य अतिथीलाई स्वागत गरेका थिए । मन्तव्यका क्रममा गुरुङले बेलायत र नेपालबीचको सम्वन्ध अभिवृद्धिमा स्मारकले गहन भूमिका निर्वाह गरेको बताए । उनले बेलायती नयां पुस्तालाई गोर्खाबारे अवगत गराउन पनि स्मारकको भूमिका उल्लेख्य रहेको धारणा राखे । एक वर्ष अवधिमा यूके युरोपका करिब ३ हजार विद्यार्थीले स्मारक भ्रमण गर्दा नेपालको पर्यटनमा समेत सहयोग पुगेको उनको दावी थियो ।
गोर्खा मेमोरियल फण्डले भूकम्पपछि विचल्ली भएका चेलीबेटीको उद्दार गर्न माइती नेपाललाई दश हजार पाउण्ड दिएको थियो । साथै झापामा भूकम्पबाट जोगिने उपायबारे प्रशिक्षणसहित ७ टन सामाग्री प्रदान गरेको गुरुङले जनाए ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा