विना उद्देश्य फूल फुलीरहेछ, वासना छरिरहेछ
नदी बहिरहेछ, सूर्य उदाइरहेछ, हावा चलिरहेछ
जीवन बगीरहेछ,
तर हामी जीवनको अर्थ खोजीरहेछौं ।
घर, गाडी वा बैङ्क व्यालेन्समा
हामी अर्थ खोजी रहेछौं पद प्रतिष्ठा, मान वा संमानमा
तर एक दिन सबै छाडेर जाँदा, यी सबै भार पो हुने हो कि?
केवल काम लाग्ने त प्रेम, सदभावना र विश्वास रहेछ।
तिर्खाएकालाई पानी, र
भोकाएकालाई पेटभरि खाना
आफूले सकेको सहयोग र त्यो भएपनि नभएपनि प्रार्थना,
‘वसुधैव कुटुम्बकम्’ को भावना अनुरुप सबैप्रति करुणा भाव,
स्नेह र सद्भावना
हत्या, हिंसा, घृणा र आक्रोशले भरिएको यो विश्वमा
शायद व्यक्ति, व्यक्ति प्रतिको प्रेम नै जीवनको अर्थ हो,
शायद अँगालो मारेर, हातमा हात समातेर, खुसी साटासाट गर्नु नै जीवनको अर्थ हो।
२९ जुलाई, २०१६
ओल्ड बेली, लण्डन
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो