
लन्डन । नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो नियुक्तिका अवसरमा शुभकामना दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
शुक्रबार उनले हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दै तीस वर्ष लामो नेपाल सरकारको परराष्ट्र सेवाको अनुभव, योग्यता र क्षमता प्रयोग गरी नेपाल र बेलायतबीचको दौत्य सम्वन्ध अझ सुदृढ र सुमधुर बनाउंदै नेपालको आर्थिक सामाजिक विकासमा सहयोग र सद्भावना जुटाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
आफ्नो कार्यकालमा सबैबाट सहयोग प्राप्त हुने आशा उनलाई छ ।
डा. सुवेदीले यस्तो लेखेका छन्ः
हार्दिक आभार र सादर कृतज्ञता
संयुक्त अधिराज्य (बेलायत) का लागि नेपालको राजदूतमा नियुक्ति भएको अवसरमा मलाई बधाई तथा शुभकामना दिनुहुने हजुरहरु सबैमा म हार्दिक आभार र सादर कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
तीस वर्ष लामो नेपाल सरकारको परराष्ट्र सेवाको मेरो अनुभव, योग्यता र क्षमता प्रयोग गरी नेपाल र संयुक्त अधिराज्यबीच रहेको दौत्य सम्बन्धलाई अझ सदृढ र सुमधुर बनाउँदै नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग र सदभावना जुटाउन म सदैव प्रतिवद्ध र प्रयत्नशील रहने छु ।
साथै संयुक्त अधिराज्यमा रहनुहुने सबै नेपाली दाजभाई तथा दिदीबहिनीहरुको हक, हित र कल्याणका लागि प्रतिवद्ध रहँदै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको ज्ञान, सीप र पूँजीलाई नेपालको सर्वाङ्गीण विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्न म क्रियाशील रहनेछु । मलाई हजुरहरु सबैको अमूल्य सुझाव, सहयोग र साथ प्राप्त हुनेछ भन्ने विश्वास गरेको छु ।
आदरपूर्वक,
डा.दुर्गाबहादुर सुवेदी
राजदूत
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई