
काठमाडौँ, १४ असोज । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ ।
पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भन्नुभयो, “बैंकमा रहेको रकम आवश्यकताअनुसार घर बनाउने समयमा निर्माण सामग्री खरिदका लागि निकाल्न सकिन्छ, अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाले ब्याज उपलब्ध गराउने व्यवस्था छ, त्यसैले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनःनिर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र निकाल्न प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ”–उहाँले भन्नुभयो ।
घर पुनःनिर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानुनी कारबाही हुने, दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने हुँदा अनुदान रकम घर पुनःनिर्माण बाहेक अन्यमा खर्च नगर्न अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न गराउन प्राधिकरणले सबैलाई अनुरोध गरेको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण