
सोफिया (बुल्गेरिया), १२ असोज । संयुक्त राष्ट्रसङ्घको महासचिव पदका लागि बुल्गेरियाले नयाँ उम्मेदवार उठाउने भएको छ ।
युनेस्कोकी प्रमुख इरिना बोकोभाको सट्टामा बुल्गेरियाले युरोपेली आयोगका उपाध्यक्ष क्रिष्टालिन जर्जीभालाई उठाउने भएको हो ।
“मलाई लाग्छ, उहाँ नै सशक्त उम्मेदवार हुनुहुन्छ” बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको बोरिसोभले एक राज्यस्तरीय बैठकमा भन्नुभयो ।
यही हप्ता सम्पन्न १५ सदस्यीय राष्ट्रिय परिषदको बैठकव्दारा गरिएको अनौपचारिक मतदानमा बोकोभा कमजोर देखिनु भयो । उहाँ बलिष्ठ पाँच जना भित्र पर्नु पर्नेमा छैठौं क्रममा पर्नु भएको थियो ।
बर्तमान राष्ट्रसंघीय प्रमुख दक्षिण कोरियाका वान की मुनलाई विस्थापित गर्न जर्जीभा सक्षम हुने विश्वास गरिएको छ ।
“बोकोभालाई उम्मेदवार बनाउने वातावरण गराउन हामीले अन्तिम समयसम्म संपूर्ण शक्ति र मेहनेत प्रयोग गर्यौं । तर उहाँलाई अन्य देश र अन्य महिला उम्मेदवार नै पछाडी पार्ने भए ।” प्रधानमन्त्री बोरिसोभले भन्नुभयो । महासचिव पदको दौडमा अहिलेसम्म पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनो गट्रेस अग्रपङिक्तमा देखिनु भएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग