
लन्डन । बेलायतको वेल्समा जन्मिएर हाल इंगल्यान्डको ह्याम्पसायरस्थित बेजिंगस्टोकमा बसोबासरत शुभाशिस श्रेष्ठले नर्थ ह्याम्पसायरस्थित माइकल हस्पाइसको सहयोगार्थ ८.५ माइल लामो च्यारिटी वाक गरेका छन् । उनले उक्त पदयात्राबाट एक लाख रुपैयाभन्दा बढि सहयोग रकम संकलन गरेका छन् । गत शनिबार राति १० बजे शुरु भएको उक्त मुनलाइट वाकमा आफ्ना बाबु शिवजी श्रेष्ठसंगै सहभागी शुभाशिसले करिब ३ घन्टामा पुरा गरेका थिए ।
सन् १९९१ मा पूर्व मेयर मार्गरेट वेस्टनको नेतृत्वमा स्थापित सो हस्पाइसमा छोटो आयु भएका अर्थात क्यान्सर जस्ता गम्भीर रोगहरुबाट ग्रसित भइ जीवनको अन्तिम क्षणमा पुगेकाहरुलाई राखिन्छ ।
विगत २५ बर्षदेखि यस्ता रोगबाट पीडितहरुको सेवा गर्दै आएको उक्त संस्थाबाट प्रत्येक वर्ष ५०० भन्दा बढिले सेवा प्राप्त गर्दछन् ।
१२ वर्षीय शुभाशिसले गत बर्ष नेपालमा विनासकारी भूकम्प पीडितहरुको सहयोगार्थ आफू पढेको विद्यालयमा ‘नन युनिफर्म डे’ कार्यक्रम गराएर सहयोग रकम समेत संकलन गरेका थिए । यसका साथै आगामी अक्टोबर १५ मा बेलायतको बेजिंगस्टोकस्थित घरबारबिहीनहरुको सहयोगार्थ काउन्सिलर नाइजल पियर्स नेतृत्वको ‘क्याम्रोज सेन्टर फर होमलेस पिपुल इन बेजिंगस्टोक ’ द्वारा आयोजना गरिएको तथा आफ्ना बुवा शिवजी श्रेष्ठले संयोजन गरिरहेको ‘अ इभिनिंग फ्रम नेपाल’ नामक च्यारिटी कार्यक्रममा उनले नेपाली गीत गाउने तयारी पनि गरिरहेका छन् ।
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा