लन्डन । आफू माथि लगाइएका यातनासम्बन्धि दुई मुद्दामा गत साता सफाइ पाएका कर्णेल कुमार लामाले स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिएका छन् ।
लामाले लन्डनस्थित नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट लिएको दूतावास श्रोतले जनाउ दिएको छ । ट्राभल डकुमेन्टका लागि निवेदन दिन लामा आफैं दूतावास गएका थिए । तर, दूतावासले आज उक्त डकुमेन्ट लामाको घर ठेगानामा पोष्ट गरिदिएको हो ।
दूतावास श्रोतले लामाको राहदानी मान्य अवधि सकिइसकेकाले उनी ट्राभल डकुमेन्टमार्फत यात्रा गर्न लागेको जनाएको छ । महासेनानी लामाले नेपाल गएर पुनः सैनिक जागिर शुरु गर्नेछन् ।
तर, उनी कहिले नेपाल जान्छन् भन्ने चाहिं यकिन भइसकेको छैन् ।
दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेटन बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । त्यसयता चलेको उनको मुद्दामा एक मिलियन पाउण्ड (दश लाख पाउण्ड) खर्च भएको बताइएको छ ।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ अन्तर्गत मुद्दा चलाइएको थियो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित