लन्डन । आफू माथि लगाइएका यातनासम्बन्धि दुई मुद्दामा गत साता सफाइ पाएका कर्णेल कुमार लामाले स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिएका छन् ।
लामाले लन्डनस्थित नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट लिएको दूतावास श्रोतले जनाउ दिएको छ । ट्राभल डकुमेन्टका लागि निवेदन दिन लामा आफैं दूतावास गएका थिए । तर, दूतावासले आज उक्त डकुमेन्ट लामाको घर ठेगानामा पोष्ट गरिदिएको हो ।
दूतावास श्रोतले लामाको राहदानी मान्य अवधि सकिइसकेकाले उनी ट्राभल डकुमेन्टमार्फत यात्रा गर्न लागेको जनाएको छ । महासेनानी लामाले नेपाल गएर पुनः सैनिक जागिर शुरु गर्नेछन् ।
तर, उनी कहिले नेपाल जान्छन् भन्ने चाहिं यकिन भइसकेको छैन् ।
दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेटन बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । त्यसयता चलेको उनको मुद्दामा एक मिलियन पाउण्ड (दश लाख पाउण्ड) खर्च भएको बताइएको छ ।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ अन्तर्गत मुद्दा चलाइएको थियो ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता