लन्डन । साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टले शुक्रबार सांझ लाइभ दोहोरी कार्यक्रम गरेको छ ।
कार्यक्रममा लोकगायक गायिका जुना श्रीस मगर र बीरु लामाको दोहोरी गीतमा सहभागी मज्जाले नाचे । ति गायक गायिकाले एकल र दोहोरी गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिए ।
तामाङ समाज यूकेका सल्लाहकार, कोडेक यूकेका उपाध्यक्ष एवं धादिङ नुवाकोट समाज यूकेका सचिव धन बहादुर तामाङले सञ्चालन गरेको पहिलो संक्षिप्त औपचारिक कार्यक्रममा रेष्टुरेन्ट सञ्चालक देव गुरुङले ब्रेन्ट काउन्सिलका डेपुटी मेयर काउन्सिलर भगवानजी चौहान दम्पत्ति र कलाकारहरुलाई खादाले सम्मान गरेका थिए ।
मन्तव्यका क्रममा ब्रेन्ट काउन्सिलका डेपुटी मेयरले आफूलाई निम्त्याएकामा खुशी व्यक्त गर्दै कलाकारलाई शुभकामना दिए । उनी कलाकार र दर्शकसंगै लोकगीतमा नाचे पनि ।
एनआरएनए यूके आइसी सदस्य कृष्ण तिमिल्सिना, पूर्व महासचिव रामशरण सिम्खडा, यती एसोसिएसन यूके अध्यक्ष पिपला देवान, यती पूर्व अध्यक्ष उमेश मोक्तान, व्यवसायी कमल पौडेल, इन्जिनियर राजकुमार त्रिपाठी, राज बिष्ट लगायत सयौं सहभागी थिए ।
सञ्चालक गुरुङले अब प्रत्येक शुक्रबार आफ्नो रेष्टुरेन्टमा दोहोरी सांझ सञ्चालन गर्ने जनाएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा