लन्डन । साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टले शुक्रबार सांझ लाइभ दोहोरी कार्यक्रम गरेको छ ।
कार्यक्रममा लोकगायक गायिका जुना श्रीस मगर र बीरु लामाको दोहोरी गीतमा सहभागी मज्जाले नाचे । ति गायक गायिकाले एकल र दोहोरी गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिए ।
तामाङ समाज यूकेका सल्लाहकार, कोडेक यूकेका उपाध्यक्ष एवं धादिङ नुवाकोट समाज यूकेका सचिव धन बहादुर तामाङले सञ्चालन गरेको पहिलो संक्षिप्त औपचारिक कार्यक्रममा रेष्टुरेन्ट सञ्चालक देव गुरुङले ब्रेन्ट काउन्सिलका डेपुटी मेयर काउन्सिलर भगवानजी चौहान दम्पत्ति र कलाकारहरुलाई खादाले सम्मान गरेका थिए ।
मन्तव्यका क्रममा ब्रेन्ट काउन्सिलका डेपुटी मेयरले आफूलाई निम्त्याएकामा खुशी व्यक्त गर्दै कलाकारलाई शुभकामना दिए । उनी कलाकार र दर्शकसंगै लोकगीतमा नाचे पनि ।
एनआरएनए यूके आइसी सदस्य कृष्ण तिमिल्सिना, पूर्व महासचिव रामशरण सिम्खडा, यती एसोसिएसन यूके अध्यक्ष पिपला देवान, यती पूर्व अध्यक्ष उमेश मोक्तान, व्यवसायी कमल पौडेल, इन्जिनियर राजकुमार त्रिपाठी, राज बिष्ट लगायत सयौं सहभागी थिए ।
सञ्चालक गुरुङले अब प्रत्येक शुक्रबार आफ्नो रेष्टुरेन्टमा दोहोरी सांझ सञ्चालन गर्ने जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने