लन्डन । हिजो शुक्रबार (भदौ २४) बाट रिलिज भएको दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चर्चित सिनेमा छक्का पन्जा बेलायतको अल्डरसटमा समेत प्रदर्शन गरिने भएको छ । छक्का पन्जा आगामी १७ सेप्टेम्बर सांझ ६ बजे प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको हो ।
आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेका बीरेन्द्र खड्काले नेपालमा प्रदर्शन भएको साता दिनभित्रै बेलायतका नेपाली चलचित्रप्रेमीलाई उक्त चर्चित फिल्म देखाउन लागिएको जनाए । आयोजक समूहका राजेन्द्र गुरुङ, अनिल मल्ल र दीपक खड्का पनि यतिखेर प्रदर्शनको तयारीमा जुटेका छन् ।
दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले ल्याएको सामाजिक विचलन पक्ष समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत ६० कलाकार छन् ।
यसमा दर्शकलाई पेट मिचिमिची हसाउंन कुनै कसर नराख्ने संवाद प्रशस्तै छन् ।
कलाकार दीपकराज गिरीले फिल्म देशभर नयां रेकर्ड राख्ने क्रममा रहेको जनाउंदै आज शनिबार गोपीकृष्णको ६ वटै हल हाउसफूल भएको उल्लेख गरेका छन् । यसअघि कुनै पनि फिल्म गोपीकृष्णका ६ वटै हल हाउसफूल भएर प्रदर्शन भएको थिएन ।
यो फिल्म निर्माण टोलीले यसअघि बनाएका ६ एकान ६ र वडा नम्बर ६ पनि खुब चर्चित भए । यी दुवै फिल्म बेलायतमा प्रदर्शन भइसकेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने