प्रसंग बेलायतवासी नेपाली श्रष्टाहरुको एउटा जमघट हो । नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयां वर्ष आगमनको पूर्व सन्ध्यामा नव वर्ष उत्सव र १९ औं साहित्य सन्ध्या गरेको छ । विल्कुल साहित्यिक माहोलमा हालैको एक सांझ नेपाली साहित्यको लेखाजोखा गरियो, नेपाली नयां वर्षको अग्रिम शुभकामना सांटासाट भयो । यही माहोलमा उत्कृष्ट श्रष्टालाई अवार्ड वितरण, कविता वाचन र नयां वर्ष शुभकामना आदानप्रदान समेत भए ।
समारोहमा साहित्यप्रेमी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) बोले, ‘बेलायतमा नेपालीहरुको जेठो साहित्यिक संस्था परिषदले नेपाली भाषा साहित्य उत्थानमा गरेको योगदान सधैं प्रशंसनीय छ ।’ परिषदका पदेन संरक्षक कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पनि विदेशी भूमिमा परिषदको सक्रियता तारिफ गर्न भ्याए ।
कार्यक्रमका सभापति परिषदका कार्यवहाक अध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली नयां वर्ष आगमनलाई परिषदले स्थापनका काल (वि.स. २०५१) देखि नै साहित्यिक र सांस्कृतिक रुपले मनाउंदै आएको प्रष्ट्याए ।
समारोहमा पहिलो एनएलडिसी अवार्ड सुमल कुमार गुरुङको ‘मेजर अर्जुनको औंठी’ कथा संग्रहलाई प्रदान गरिएको छ । अन्तिम चरणमा छानिएका तीनमध्ये गुरुङको कृति उत्कृष्ट ठहर भएको हो । कार्यवहाक राजदूत क्षेत्रीले पदक तथा प्रमाणपत्र र एनएलडिसी अवार्ड ट्रष्टकी संस्थापिका कोहिनुर श्रेष्ठ मल्लले दोसल्ला ओढाएर गुरुङलाई सम्मान गरिन् । पुरस्कार वितरण भइरहंदा कोशेली नेपाली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष मदन थापा र भूपू अध्यक्ष वसन्त राय क्षेत्रीले मंगल धुन बजाएर माहोल रोमाञ्चित बनाएका थिए ।
विदेशमा रहेका श्रष्टाहरुको सम्मान र प्रोत्साहनका लागि स्थापित उक्त अवार्ड ५ तोला चांदी र सुनको अक्षरले सुसज्जित छ । परिषदका संस्थापक सुरेशजंग शाहको संयोजकत्वमा होम परिवाग र डा. दुर्गा पोख्रेल सदस्य रहेको मुल्यांकन समितिले कृति उत्कृष्ट ठहर गरेको हो । मुल्यांकनमा गोपाल पौडेलको ‘लन्डनको कोशेली’ गजल संग्रह दोश्रो र कवि घनबहादुर थापाको ‘देशको माटोमा मेरो फुल’ तेश्रो भए ।
कार्यक्रमको दोश्रो चरणमा कविहरु सागर सिलवाल, गोपाल पौडेल, गोकुल भण्डारी, कोमल श्रेष्ठ मल्ल, वसन्तराय क्षेत्री, घनबहादुर थापा, हरिसिंह थापा, डा. सुधा श्रेष्ठ, सुरेशजंग शाह र गोपीकृष्ण प्रसाईंले कविता वाचन गरे भने श्रीमति सारा गुरुङले पुतलीबारे लोकगीत गाएर सबैलाई मन्त्रमुग्ध बनाइन् । दुई चरणका कार्यक्रम परिषद महासचिव डा. सुधा श्रेष्ठ र ज्ञानेन्द्र रावतले सञ्चालन गरेका थिए ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा