काठमाडौ। डोटीमा एक यात्रुबाहक बस भीरबाट खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। १ सय ५० यात्रु रहेको अनुमान गरिएको सो बस सोमबार दिउँसो भीरबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। डोटीको जोरायलबाट छुटेको बस कैलाली धनगढीतर्फ जाँदै थियो। दुर्घटना छतिवन गाबिस-५ कठपतेमा भएको हो। 
स्थानीय प्रहरीले घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सख्या बढ्न सक्ने जनाएको छ । प्रहरीले उद्दार गरिका मध्ये २० को अवस्था गम्भीर भएको जनाएको छ। स्थानीय बासिन्दा र प्रहरी राति अबेरसम्म घाइतेको उद्दारमा लागेका छन्।
घाइते मध्ये ६० जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको छ। सवारी साधन अभावले घाइतेलाई स्वास्थ्य केन्द्रमा पठाउन समस्या परेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल भीमदत्त राजमार्गभन्दा १५ किलोमिटर पर जोरायल सडक खण्डमा पर्ने दुर्गम स्थानमा भएकाले यकिन विवरण आउन समय लाग्ने बताइएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै