
लन्डन । राताम्मे सारी ब्लाउज, झपक्क गरगहना । लोभलाग्दो नेपाली सांगीतिक माहोल । शनिबार महिलाहरुले भरिभराउ थियो लन्डनस्थित नेपाली दूतावास भवन । दूतावास र नेपलिज वुमन एसोसिएसन यूकेले संयुक्त रुपमा आयोजना गरेको तीज कार्यक्रममा सयौं महिला सहभागी भए । महिलाहरुको मात्र वाहुल्य रहेको उक्त कार्यक्रममा औपचारिकता खासै भएन । कार्यवहाक राजदूत शरदराज आरन र नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठले संक्षिप्त मन्तव्यमा महिलाहरुको महान पर्व तीजको शुभकामना दिंदै नेपाली संस्कृतिको जगेर्ना र एकापसमा भेटघाटका लागि कार्यक्रम गरिएको बताए ।
सपन इन्टरटेन्मेन्ट लि.का सपनकुमार राईको डिजे र गीत संगीतमा महिलाहरु मध्यान्ह १२ देखि सांझ ६ बजेसम्म रमाए । प्रसुना कंडेल, प्रतिष्ठा त्रिपाठी, सुस्मिता थापाले एकल र महिलाहरुको समूहले तीज गीतमा धित मरुन्जेल नाचगान गरे । सहभागीलाई दर र पेय पदार्थको समेत व्यवस्था थियो । दूतावास र एसोसिएसनले नै सेलरोटी, खीर, गोलभेंडाको अचार, खशीको मासु आदि नेपाली टिपिकल खाना व्यवस्था गरेका थिए । उक्त अवसरमा राफल चिट्ठा पनि खेलाइएको थियो ।
कार्यक्रममा सैनिक सहचारी कर्णेल प्रदीपजंग केसी, थर्ड सेक्रेटरी भूपेन्द्र प्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायत दूतावास कर्मचारीको पनि सहभागिता थियो ।
तस्विरहरुः शिव भण्डारी
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश