लन्डन । लन्डनस्थित नेपाली दूतावासको आर्थिक सहयोगमा आयरल्याण्डमा नेपाल आयरल्याण्ड डे कार्यक्रम गर्ने तयारी भएको छ । नेपाली दूतावास र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्बरका दिन डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम हुन लागेको हो । बेग्लै मिसन नभएकाले आयरल्याण्ड पनि लन्डनस्थित नेपाली दूतावासले नै हेर्ने गर्छ जहां करिब २५ सय नेपाली छन् ।
आयरल्याण्ड र नेपालबीच दौत्य सम्बन्धको १६ वर्ष गांठ र भूकम्पपछि नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल आयरल्याण्ड डे कार्यक्रम गर्न लागिएको कार्यवहाक राजदूत शरदराज आरनले जानकारी दिए । दौत्य सम्वन्धको अवसर र भूकम्पपछि नेपालको पर्यटनमा परेको नकारात्मक असर हटाउन कार्यक्रम गरिएको पनि आरनले बताए ।
नौमती बाजा, आइरिस र नेपाली कल्चरल डान्स, खानाका स्टल, नेपाली हस्तकला सामाग्री प्रदर्शनी, भिजिट नेपाल फोटो प्रदर्शनी, आइरिस आरोहीहरुको अनुभव आदानप्रदान प्रमुख आकर्षण रहने सोसाइटी अध्यक्ष एवं नेपाल पर्यटन बोर्ड, आयरल्याण्ड प्रतिनिधि दीपेन्द्रमान शाक्यले जनाए । आइरिस पर्यटकले नेपाल भ्रमणमा जांदा खिचेका तस्विरहरु प्रदर्शनीमा रहनेछन् । नौमती बाजालाई नगर परिक्रमा गराउने सोचमा पनि छन् आयोजक । १२ देखि अपरान्ह ५ बजेसम्म हुने उक्त कार्यक्रमको प्रवेश निशुल्क भएको र यसमा आइरिस विदेश मन्त्रालय र नागरिकहरुको समेत प्रत्यक्ष सहभागिता र साथ हुने भएकाले कार्यक्रम व्यापक हुने दूतावासको अपेक्षा छ ।
दूतावासले यसअघि पनि पटक पटक आयरल्याण्डमा पर्यटन प्रवर्धन कार्यक्रम गर्दै आएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा