लण्डन । मगर संघ युकेले मगरसम्वद्ध विभिन्न संघसंस्थासित अन्तरक्रिया गरेको छ ।
आइतबार अल्डरसटस्थित एम्पाएर बाँक्वेटिङमा भएको सो अन्तरक्रियामा पुन समाज युके, पुन मगर समाज युके, गोरखा जिल्ला मगर समाज, पैयुँखोला मगर समाज र खामभाषी मगर समाजका प्रतिनिधिहरुले भाग लिएका थिए ।
मगर संघ युकेका पूर्व अध्यक्षहरु, शाखा अध्यक्षहरु, मगर महिला संघका अध्यक्ष, संरक्षक, आजिवन सदस्यहरु, सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारीहरु सहभागी सो अन्तरक्रियामा विभिन्न विषयमा छलफल भएको थियो ।
छलफलमा भाषा, सँस्कृति, रीतिरिवाज, भूगोल फरक भएका कारण विभिन्न संस्था गठन भए पनि उनीहरु मगर संघ युकेकै मातहतमा रहेको निस्कर्ष निकालिएको थियो । मगर संघ युकेको उद्देश्य, कार्यक्रम, योजनामा सबै मगर सम्वद्ध संस्थाले सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरियो ।
मगर संघ युकेले मगरभित्र रहेका सबै पहिचान, परम्परा, भाषा, सँस्कार र सँस्कृतिलाई समेट्नु पर्ने निस्कर्ष निकालियो भने मगर भित्र रहेका सबै संस्थाका बीचमा सहअस्तित्वका आधारमा सहकार्य र समन्वय गर्दै यस्ता छलफललाई अगाडि बढाउँदै लानुपर्नेमा जोड दिइयो ।
संघका अध्यक्ष नेम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा बेलायत भ्रमणमा रहेका नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा र नेपाल मगर संघका पूर्व उपाध्यक्ष श्याममाया पुनलाई पनि स्वागत गरिएको थियो । उपाध्यक्ष अनिता रानाले स्वागत मन्तब्य व्यक्त गरेको सो कार्यक्रमको औपचारिक सत्रको संचालन महासचिव लाल पुनले गरेका थिए भने अन्तरक्रियाकाे सहजीकरण नरेश खपाङ्गीमगर र रमेश सराङकोटीले गरेका थिए ।
कार्यक्रममा पुन समाजका अध्यक्ष एकबहादुर पुन, महासचिव धनबहादुर पुन, पुन मगर समाजका अध्यक्ष बिल पुर्जा, सचिव तेज राम्जाली र तुलचन्द्र तिलिजा, गोरखा जिल्ला मगर समाजका कर्णबहादुर दर्लामी, पैँयुखोला मगर समाजका नेत्र आले, खामभाषी मगर समाजका अध्यक्ष हिक्मतसिंह रोका र सचिव धनबहादुर रोकालगायत सहभागी थिए ।
अन्तरक्रियामा मगर संघ युकेका पूर्व अध्यक्षहरु थर्कबहादुर राना, कुलबहादुर थापा र दुतबहादुर पुन, संरक्षक घन थापा, युरोप, अमेरिका संयोजक शान्ति थापा कुँवर, मगर महिला संघ युकेकी अध्यक्ष छविमाया पुन, केन्ट शाखाका अध्यक्ष उत्तर मगर, सल्लाहकारहरु ओमप्रसाद थापा, कुमार राना, बेल बुढाथोकी, रत्न राना, कमल पुर्जा, उपाध्यक्ष बम थापा सूर्यबंशीमगर, मनवीर पाइजा, गजवीर थापा, कृष्ण दर्लामी, रिम गलामी लगायतले राय व्यक्त गरेका थिए ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा