काठमाडौ“– गायक संगीतकार मदनगोपाल नयां गीतसहित श्रोतामाझ आएका छन् । ‘तिम्रो खबर आएन खै…’ गीत र यसको म्यूजिक भिडियो राजधानीमा हालै सार्वजनिक गरिएको हो ।
पत्रकार पारस नेपालले लेखेको गीत पाकिस्तानी संगीतकार इमाद रहमानले संगीतबद्ध गरेका हुन् । संगीत संयोजन पनि इमादकै हो, जो कराचीमा बसेर संगीतकर्ममा क्रियाशील छन् ।
‘तिम्रो खबर आएन खै…’ गीत मदनगोपालको पांचौ एल्बम ‘तिम्रो खबर’ मा रहनेछ, जुन आउंदो दशैंअगाडि सार्वजनिक हुनेछ । मदनगोपालका यसअघि ‘अलमोस्ट,’ ‘आकृति,’ ‘लक्ष्मी’ र ‘कामिनी’ एल्बम निक्लिसकेका छन् । उनले ‘सांघुरो’, ‘खुडकिलो’ सहित केही फिल्मका गीतमा स्वर तथा संगीत दिएका छन्, बालगीत, भजन, स्वदेशगान लगायत पनि गाएका छन् ।
‘तिम्रो खबर…’ म्यूजिक भिडियोमा अभिनेता भोलाराज सापकोटा, वर्षा शिवाकोटी र केभिन कार्कीले अभिनय गरेका छन् । यसलाई निर्देशन गरेका हुन् सुरजसिंह ठकुरीले ।
‘यसअघिका भन्दा यो गीतमा मदन भाइको स्वरले बढी न्याय गरेको अनुभव भयो,’ गीतकार रोशन भट्टराईले कार्यक्रममा भने । फुटबलका पूर्व राष्ट्रिय खेलाडी हरि खड्काले गीतको सफलताको कामना गरे भने, भोलाराजले म्युजिक भिडियो फिल्मकै हिसाबले बनेकाले श्रोताहरूले रुचाउने बताए । संगीतकर्मी राजीव शाहले उक्त गीत मदनले मनमुटु दिएर गाएको टिप्पणी गरे ।
आफूले उक्त गीत कुरकुरे बैंसमा लेखेको उल्लेख गर्दै पारसले करिब दुई दशकपछि पाकिस्तानी संगीतकारको हातबाट संगीतबद्ध भएर श्रोतामाझ आउनु मीठो संयोग रहेको सुनाए । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक पारस आफैं गाउंछन् पनि । दुई वर्षअघि ‘नालापानी कालापानी’ सिंगल ट्र्याक निकालेका उनको अर्को एल्बम ‘आमा नेपाल’ दशैंअगाडि बजारमा आउंदै छ ।
‘इमाद दुई वर्षअघि काठमान्डु आएका बेला कल्चरल एक्सचेन्जका रूपमा यो गीतको काम सुरु भएको थियो,’ मदनले भने, ‘श्रोताहरूले यसलाई नयां स्वादका रूपमा लिनुहोला भन्ने आशा छ ।’
त्रिविबाट व्यवस्थापनमा स्नातक र शास्त्रीय संगीतमा स्नातकोत्तर मदन राजधानीका चेल्सी इन्टरनेसनल एकेडेमी, ओलम्पिया वल्र्ड हाइयर सेकेन्डरी स्कुल, भीएस निकेतन, माइती नेपाल, नेपाल संगीत विद्यालयमा संगीतसमेत पढाउंछन् ।
गीत यो लिंकमा गएर सुन्न सकिन्छ ः
https://www.youtube.com/watch?v=Z5VEt1pwXTY
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]