लन्डन । नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा लैजाने उद्देश्यसहित बेलायतस्थित युवाहरुको एक समूह क्रियाशिल भएको छ ।
उक्त समूहले यूकेका विभिन्न शहरमा रहेको ११ वटा सिने वर्ल्डमा पहिलो पटक नेपाली फिल्म ‘गाजलु’ देखाउन लागेको हो । पहिलो रोजाइ गाजलु भएपनि समूहले वर्षको ५ पटक नेपाली फिल्म सिने वर्ल्डमा प्रदर्शन गर्ने लक्ष्य लिइएको जनाएको छ । समूहले आपसी छलफलमा फिल्म छनोट र यसका लागि क्षेत्रीय संयोजक तोक्नेछ ।
चिस्विक लन्डन मुख्यालय रहेको सिने वर्ल्ड युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर मानिन्छ, जसका ९ शहरमा २ हजार सिनेमा हल छन् ।
ह्याब नाइ कम्पनीका तर्फबाट बेलायतमा फिल्म प्रदर्शन शुरु गर्न लागिएको हो । यही १९ अगष्टमा अल्डरसटस्थित सिने वल्र्डमा ‘गाजलु’ को विशेष प्रिमियर गरिने र २६, २७ र २८ अगष्टमा यूकेका ११ सिने वर्ल्ड हलमा ‘गाजलु’ देखाइने समूहका अमन गौचनले जानकारी दिए ।
बेलायतवासी पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ अभिनित पहिलो फिल्म ‘गाजलु’ कुमारीको कथामा आधारित छ ।
एलबीजेडले फिल्म प्रदर्शनको विस्तृत खाका पछि सार्वजनिक गरिने जनाउंदै फिल्म हेरेर नेपाली कला र कलाकारलाई माया गरिदिन आग्रह गरे ।
समूहमा एलबीजेड गुरुङ (रविन), नरेश गुरुङ नवीन गुरुङ, सुमन पुन, भूपेन्द्र गुरुङ, अभि कोइराला, सिर्जना पौडेल, प्रशान्त थापासहित ६० जना संलग्न छन् ।
प्रोजेक्ट लिडर नरेश गुरुङले गुणस्तरका हिसावले पछिल्ला नेपाली फिल्ममा कुनै कमी नरहेको र प्रदर्शनलाई निरन्तरता दिइने बताए । विदेशमा फिल्म देखाउंदा त्यसले सामाजिक सन्देश प्रवाह गरे संगै आर्थिक र अन्तर्राष्ट्रिय बजार समेत विस्तार हुने आशा नरेशको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते