
चाँजु खोलामा आएको बाढीले कटान गरेपछि नियन्त्रण गर्न आज दिनभरि झापा,लखनपुरका दुई सय बढी स्थानीयवासीहरु तटबन्ध निर्माणमा खटिँदै । तस्बिर ः यज्ञराज आङदेम्बे, रासस,दमक, झापा
काठमाडौँ, १८ असार । मनसुन सक्रियताले देशभर वर्षात्सँगै बाढी, पहिरो र डुबानका सम्भावित घटनाप्रति सजक रहँदै सरकारले त्यसका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा रहेको जनाएको छ ।
केही दिनदेखि निरन्तर वर्षात्ले देशका विभिन्न स्थानमा पुरयाउ नसक्ने प्राकृतिक प्रकोप र विपत्तिका घटनालाई ध्यानमा राखी गृह मन्त्रालयले आवश्यक सजकता अपनाएको हो ।
बाढी पहिरो घटनाका लागि सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले राससलाई जानकारी दिनुभयो । उहाँले वर्षात्ले देशका केही स्थानमा पहिरो र बाढीका घटना भए पनि अहिले अवस्था समान्य रहेको बताउनुभयो ।
तराईका जिल्लामा डुबानबाट मानवीय क्षति हुन नदिन नदीमा पानीको बाहबबारे तटीय क्षेत्रका जनतालाई सूचना दिने प्रणाली विकास गरिनुका साथै बाढी, पहिरो र डुबानबाट मानवीय क्षति हुन नदिन देशका सबै जिल्लामा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
प्राकृतिक प्रकोपका घटनामा उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रुपमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
यसैबीच धादिङको री गाउँमा पहिरोमा फसेका १९ मध्ये हालसम्म १४ जनाको उद्धार गरिएको र बाँकी पाँच जनालाई आइतबार उद्धार गरिने प्रवक्ता कोइरालाले बताउनुभयो । मनसुन न्यूनचापीय रेखाको प्रभावले केही दिनदेखि मुलुकभर बद्लीसँगै अधिकांश भेगमा वर्षात् भएको छ । निरन्तर वर्षात्ले तराईका केही स्थानमा डुबानका साथै पहाडी भेगमा पहिरोको जोखिम निम्त्याएको छ ।
आज काठमाडौँ उपत्यकासहित मुलुकभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा बढी कास्कीको लुम्लेमा १७७, पोखरामा ५७.८, धनगढीमा ५१ र सबैभन्दा कम धनकुटामा शून्य दशमलव एक मिलिमिटिर वर्षात् भएको छ । आज काठमाडौँमा १३.७ मिलिमिटर वर्षात् भएको छ ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ