
ब्युनर्स आयर्स, १४ असार । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो मेक्रीका र महान फुटबलर डिएगो म्याराडोनाले लियोनल मेसीलाई सोमबार भएको कोपा कप फुटबलको प्रथम स्थानका लागि भएको चिलीसंगको खेलमा अर्जेन्टिनाको निराशाजनक हारपछि राष्ट्रिय फुटबल टिमबाट नखेल्ने गरी लिएको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।
अर्जेन्टिनी फुटबल टिमका क्याप्टेन तथा बार्सिलोनाका सुपरस्टार फुटबलर मेसीले हारपछि सन्यासको घोषणा गर्नुभएको थियो ।
प्रथम स्थानका लागि भएको प्रतिस्पर्धामा मेसीको पेनाल्टी सुट गोलपोस्टको केही माथिबाट गएपछि आँखाभरी आशु लिई मैदानबाट बाहिरिएका सुपरस्टार मेसीले सन्यासको घोषणा गर्नुभएको भए पनि उहाँलाई राष्ट्रिय टिमलाई अझै केही वर्ष नेतृत्व दिन अर्जेन्टिनी खेलप्रेमीलगायत विश्वभरका उहँका शुभचिन्तकले आग्रह गरेका हुन् ।
म्याराडोनाले प्रतिभाशाली फुटबलर मेसीलाई खेलबाट सन्यास लिन दिन नहुने बताएको नासियोन अनलाइन पत्रिकाले बताएको हो । “मेसी विश्व च्याम्पियन बन्न रसिया जाने छन्,” उक्त पत्रिकाले म्याराडोनाको शब्दलाई उद्धृत गर्दै जनाएको छ ।
मेसी भर्खर २९ वर्ष पुगेका विश्व चर्चित फुटबल खेलाडी भई बार्सिलोनाका तर्फबाट विभिन्न उपाधि जित्न सफल भए पनि अर्जेन्टिनाले भने उनको नेतृत्वमा अहिलेसम्म विश्व च्याम्पियनको उपाधि हासिल गर्न सकेको छैन ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप