काठमाडौ। धादिङमा सोमबार बिहान भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट काकड्भिट्टातर्फ जाँदै गरेको ना ५ ख ४३८४ र म्याग्दीको बेनीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस बिहान करिब सात बजे धादिङको भूमीस्थान-६ सिम्लेमा ठोकिएर दुर्घटना भएको थियो। सो दुर्घटना परि २४ जना घाइते भएका छन् । प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरी यात्रुलाई उपचारका लागि काठमाडौ पठाएका छन् ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक हेमन्त भण्डारीले क्षेत्रीले तीन जनाका बाहेक अरुको पहिचान खुल्न नसेको बताएका छन् । मृत्यु हुनेमा काठमाडौ विशालनगरकी कीर्तिका थापा मगर उनको छोरी कान्छी थापा मगर र किसन खत्री रहेका छन् ।
काकड्भिट्टातर्फ जाँदै गरेका बसको मृत्यु भएको व्यक्तिको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घुम्ती नभएको फराकिलो सडक भएको स्थानमा दुर्घटना भएकाले प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा दुवै बस तीव्र गतिमा रहेका प्रत्यक्षदर्शीले बताएका छन्।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित