
काठमाडौँ, १३ असार । वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्ने समेत थाहा नहुने एक अध्ययनले बताएको छ ।
महिला र कानुन मञ्चद्वारा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिवक्ता विमला खड्काले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने तीन प्रतिशतलाई मात्र आफू जाने देश र गर्ने कामका बारेमा जानकारी हुने बताउनुभयो । अध्ययन अनुसार आठ प्रतिशतलाई आफूले पाउने तलबका बारेमा जानकारी हुन्छ भने बाँकी सो जानकारीबिना नै विदेश जाने गरेका छन् । झन्डै तीन महिना लगाएर गरिएको अध्ययनमा विदेश जाने ७१ प्रतिशत काठमाडौँ उपत्यका बाहिरका तथा बाँकी उपत्यकाबाट जाने गरेको पाइएको छ ।
त्यसैगरी पछिल्लो समय मानव बेचबिखन र मनोरञ्जनका लागि मात्र नभई नेपालीहरु शरीरका महत्वपूर्ण अङ्ग झिकाउन, बेचबिखन गर्न, घरेलु काम, धार्मिक वा सांस्कृतिक काममा लाग्न, माग्न समेत प्रयोग हुने गरेको उल्लेख छ । सरकारी वकिल, प्रहरी र पीडित पक्षबीच समन्वयको अभाव हुँदा वैदेशिक रोजगारीका क्रममा हुने विभिन्न किसिमको समस्याका समाधान हुन नसकेको अधिवक्ता दिलीप कोइरालाले जानकारी गराउनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते