न्यू जर्सी, १३ असार । फुटबल खेलका विश्वप्रसिद्ध अर्जेन्टेनियन खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटवल खेलबाट सन्यास लिएको घोषणा गरेका छन् ।
कोपा अमेरिका कपमा अर्जेन्टिनाको हारपछि उनले सो घोषणा गरेका हुन् । कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई चिलीले जितेको थियो ।
मैले मेरोतर्फबाट जति सकेँ गरिसकेको छु र आगामी दिनका लागि पनि प्रयास जारी नै रहने छ– सम्वाददाताहरुसमक्ष उनले भने ।
कोपा अमेरिका कपको गएराति भएको फाइनल खेलमा मेसीको प्रहार पनि चुकेको थियो । जसका कारण चिलीले अर्जेन्टिनालाई २ का विरुद्ध ४ गोलले हराएको थियो ।
२९ वर्षीय मेसीले गरेको यो अकस्मातको निर्णयले खेल जिवनमा नयाँ तरङ्ग ल्याइदिएको महसुश गरिएको छ ।