
काठमाडौँ, १२ असार । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित हुनुपर्ने व्यवस्थासहितको निर्वाचन प्रणालीको विधान पारित गरेको हो ।
पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि सङ्गठन विभाग प्रमुख रहनुभएका देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्य सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
“नयाँ शक्तिको आधार तत्व’ नामको राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेज कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने निर्णय भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त