लन्डन । बेलायतमा बिहीबार सम्पन्न ऐतिहासिक जनमत संग्रहपछि बेलायत अन्ततः युरोपेली युनियन (ईयू) बाट छुट्टिएको छ । बेलायत ईयू सदस्यका रुपमा रहने वा निस्कने भन्ने विषयमा भएको जनमत संग्रहमा रहनुहुन्न भन्ने पक्षमा ५२ प्रतिशत र रहनुपर्ने पक्षमा ४८ प्रतिशत मत पर्यो । नतिजा अनुसार, इंग्ल्यान्ड र वेल्सका जनताले बाहिरिनुपर्ने र लन्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डका जनताले रहनुपर्ने पक्षमा मत दिए । ६० प्रतिशत लन्डनवासी र ६२ प्रतिशत स्कटिसले रहनुपर्ने पक्षमा मतदान गरेपनि बेलायत छुट्टिएको छ ।
नतिजासंगै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई राजिनामा दिन दवाव बढेको छ । बीस वर्षदेखि बेलायत ईयूबाट निस्कनुपर्ने पक्षमा वकालत
गर्दै आएका यूकिप पार्टीका नेता नाइजेल फराजले यसलाई स्वतन्त्रता दिवसका रुपमा चित्रित गरेका छन् । उनले प्रधानमन्त्री डेभिड क्यामरुनको राजिनामा समेत मागेका छन् । क्यामरुनले अहिले बिहान केही बेरमा राष्टका नाममा सम्वोधन गर्ने कार्यक्रम छ ।
बेलायती प्रधानमन्त्री क्यामरुन, विपक्षी दलका नेता जेरेमी कोरबीनले रहनुपर्ने पक्षमा सशक्त वकालत गर्दै आएका थिए भने फराज, पूर्व मेयर बोरिस जोन्सन, माइकल गोभ लगायतले निस्कनुपर्नेमा । क्यामरुनले बेलायत युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि राम्रो हुने बताउंदै आएका थिए । अब यूकेको आर्थिक भविष्य के हुने भन्ने चिन्ता सर्वत्र छाएको छ ।
जनमत संग्रहमा ४ करोड ६५ लाख नागरिक मतदानका लागि योग्य भएपनि ७२.२ प्रतिशत मत खसेको थियो ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई