
कराँची (पाकिस्तान), ८ असार । पाकिस्तानका प्रसिद्ध सुफी गायकलाई एक अज्ञात समूहले बुधबार गोली हानी हत्या गरेको छ ।
मोटरसाइकलमा आएका आक्रमणकारीले कराँचीको लियाकताबाद इलाकामा कारमा आफन्तसँग सडकमा हिंडिरहेका बेला आक्रमण भएको प्रहरी अधिकृत फारुक सन्जारनीले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।
पैतालिस वर्षीय गायक अमजाद साब्रीमाथि पाँच गोली प्रहार गरिएको थियो ।
गोली लागि घाइते भएका उहाँलाई स्थानीय अब्बासी सहिद अस्पतालमा उपचारका लागि पुरयाइए पनि अस्पताल पुगेको केही क्षणमै मृत घोषणा गरिएको थियो ।
साब्रीसँगै कारमा यात्रारत आफन्त सलिम साब्रीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान