नवलपरासी, ८ असार । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाबाट पार्टीको नेतृत्व गर्न अध्यक्ष पदमा पुनः महन्थ ठाकुर चयन हुनुभएको छ ।
यद्यपि, यसको औपचारिक घोषणा हुन बाँकी छ । निर्वाचन समितिका अनुसार आज भएको निर्वाचन प्रक्रियामा मनोनयन पत्र दर्ताको क्रममा अध्यक्ष पदमा ठाकुरको मात्र उम्मेदवारी दर्ता भएपछि आगामी नेतृत्व लिन ठाकुर एकल दावेदार हुनुभएको हो ।
पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा एक जना अपाङग तर्फको सदस्य, तीन जना दलिततर्फको सदस्य, चार जना मुस्लिमतर्फको सदस्य र पाँच जना आदिवासी जनजाति सदस्य निर्विरोध भएका छन् । पार्टीको अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध गर्न पार्टी नेतृत्व पक्ति छलफलमा व्यस्त छन् ।
निर्वाचन हुने दुई महामन्त्री पदका लागि छ जना , एक कोषाध्यक्षका लागि तीन जना, दुई सहमहामन्त्रीका लागि १२ जनाको उम्मेदावारी परेको छ । यसैगरी ३१ जना खुल्ला केन्द्रीय सदस्यका लागि ५० जनाको उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यसपटक निर्वाचित र मनोनित गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन