
अफगानिस्तानको काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका नेपालीको शव प्रति काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि दिदै परिवारका सदस्य । तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, ८ असार । नेपाली सेनाले अफगानिस्तानको काबुलमा भएको घटनामा परी ज्यान गुमाएका आठ जनाको शव सम्बन्धित जिल्लामा पुरयाउन सहयोग गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नुवाकोट, लमजुङ र पर्वत ठेगाना भएका पाँच व्यक्तिको शव एमआइ १७ मार्फत आजै पुरयाइसकिएको छ ।
त्यसैगरी, सेनाको हवाइजहाजमार्फत भैरहवा, विराटनगर र भरतपुर तीन वटा शव पुरयाइएको बताइएको छ । उक्त घटनामा ज्यान गुमाएका १२ जना नेपालीको शव आजै काबुलबाट काठमाडाँै ल्याइएको थियो । घटनामा ज्यान गुमाउनेमा काठमाडौँका चन्द्रबहादुर रानामगर, विदुरबहादुर सुवेदी क्षेत्री, हरिबहादुर बरुवाल क्षेत्री, नुवाकोटका लिलबहादुर गुरुङ, डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लमजुङका अमितबहादुर थापा, चितवनका कृष्णबहादुर ढुङ्गाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङ रहेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते