संसदीय सुनुवाइ विशेष समितिमा गुरुङ निर्वाचित

Nepal's Speaker of the House Kul Bahadur Gurung declares the vote results in favour of the republic at the constituent assembly in Kathmandu

कूलबहादुर गुरुङ

काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली काँग्रेसका कूलबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

उहाँलाई सभापतिमा निर्वाचित गरियोस् भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गर्नुभएको थियो भने नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठको समर्थन रहेको थियो ।

सभामुख ओनसरी घर्ती मगरले आजै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराउनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री