जेनेभा, ७ असार । सिरियामा जारी पाँच वर्षभन्दा लामो द्वन्द्वका कारण यहाँ करिब ७०० चिकित्सक र कैयाँै अन्य स्वास्थ्यकर्मी मारिएका संयुक्त राष्ट्रसङ्घको अनुसन्धानकर्ताले मङ्गलबार बताएका छन् ।
द्वन्द्वको क्रममा मृत्यु हुने कैयौँ चिकित्सक हवाई आक्रमणमा परेको समेत प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
सिरियास्थित संयुक्त राष्ट्रसङ्घ अनुसन्धान आयोगले जिहादी विद्रोहीबाट कानुन उल्लङ्घनका डरलाग्दा घटना भएको भन्दै आयोगले अलकायदामा आवद्ध सिरियाली विद्रोही समुहले सयौँ बालबालिकालाई उनीहरुको स्थानमा भर्ना गरेको आशङ्का गर्दै यसप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
आयोग प्रमुख पाउलो पिन हेइरोले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्सँग कुरा गर्दै व्यापक रुपमा अस्पताल र स्वास्थ्य केन्द्रलाई लक्षित गरी गरिएका हवाई आक्रमणका कारण सयौँ स्वास्थ्यकर्मीको मृत्यु भएको र हजारौँ विस्थापित भएका र अहिले अस्पताल र स्वास्थ्य केन्द्रमा सिरियाली नागरिक उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, सन् २०११ मा द्वन्द्व सुरु भएपछि सिरियामा ७०० भन्दा बढी चिकित्सक र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
हजारौँ स्वास्थ्यकर्मी द्वन्द्वका कारण विस्थापित हुँदा अहिले यसको भयावह असर देखिन थालेको छ, पिन हेइरोले बताउनुभयो ।
सिरियामा सन् २०११ को मार्चदेखि जारी द्वन्द्वका कारण दुई लाख ८० हजार मानिसको मृत्यु भएको छ । यस्तै द्वन्द्वका कारण झन्डै आधा जनसङ्ख्या आन्तरिक एवम् बाहिरी देशमा विस्थापित भएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते