काठमाडौँ, ८ असार । नेपाली काँग्रेसको संसदीय दलले पूर्णताः पाएको छ ।
पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा थप पाँच जना सांसदलाई सदस्यको रुपमा मनोनयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो । पदेन सदस्यसहित काँग्रेसको संसदीय दल ३५ सदस्यीय हुने विधानमा व्यवस्था छ ।
नेपाली काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम देहाय उहाँहरुलाई सभापति देउवाले मनोनयन गर्नुभएको देउवाका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जोशीका अनुसार कैलाली क्षेत्र नं ५ का दीर्घराज भाट, सङ्खुवासभा क्षेत्र नं १ का तारामान गुरुङ, बर्दिया क्षेत्र नं २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी संसदीय दलको कार्यसमितिको सदस्ययमा मनोनीत हुनुभएको हो ।
नेता देउवाले यसअघि संसदीय दलको सचिवमा ध्रुव वाग्ले, कोषाध्यक्षमा मिनाक्षी झा, सदस्यमा चम्पादेवी खड्का र विष्णुमाया परियारलाई मनोनयन गर्नुभएको थियो । संसदीय दलको विषयगत समिति गठन गर्ने तयारी पनि भइरहेको दलका सचिव ध्रुव वाग्लेले जानकारी दिनुभयो ।
संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी गराउन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्न भोलि बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बस्ने वाग्लेले बताउनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते