काठमाडौं । इन्चोन एसियाडमा नेपाली क्रिकेट टोली आइतबार भएको खेलमा माल्दिभ्सलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। समुहगत चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई सात विकेटले पराजित गर्यो । बुधबार नेपालले अफगानिस्तानसँग क्वाटरफाइलमा प्रतिस्पर्धा गर्ने छ ।
आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स १८ ओभर ५ बलमा अल आउट हुँदै ५३ रन बनाएको थियो । नेपालका लागि भुनव कार्की, शक्ति गौचन र सागर पुनले २–२ विकेट लिएका थिए । त्यसैगरी बसन्त रेग्मी र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो। माल्दिभ्सका २ ब्याट्सम्यान रन आउट भएका थिए । अतिरिक्त १५ रनको मद्दतमा माल्दिभ्सले ५३ रन बनाउन सकेको हो ।माल्दिभ्सका ब्याट्सम्यानहरु सफराज जलील र मुआवियाथ घनीले क्रमशः १२ र ११ रन बनाएका थिए । माल्दिभ्सका चार ब्याट्सम्यान खाता खोल्नै नपाई अल भएका थिए ।
झानो लक्ष्यमा मैदानमा उत्रिएका नेपाली ब्याट्सम्यानहरु पनि खासै जम्न सकेनन् । नेपाली ब्याट्सम्यानहरु सागर पुन, ज्ञानेन्द्र मल्ल १–१ रनमा आउट भए। कप्तान पारस खड्काले १५ रन सिमिति भए । नेपाली ब्याट्सम्यानहरु सुभाष खकुरेलले २७ र शरद भेषवाकर ६ रनमा नट आउट रहे । शनिबार भएको पहिलो खेलमा २० रन बनाएको कुवेतलाई नेपालले १७ बलमा पराजित गरेको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा