
काठमाडौँ, ६ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा आज बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा उक्त घटनाको जानकारी दिँदै उहाँले यस घटनामा परी घाइते भएका पाँच जनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।
रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दाेष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवता विरोधी अपराधको सङ्ज्ञा दिँदै उपप्रधानमन्त्री थापाले घटनाको नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरेको जानकारी दिनुभयो ।
त्यहाँस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपाली कम्पनीबाट क्यानाडेली दूतावासतर्फ जाने क्रममा मिनीबसमा सवार व्यक्तिहरु आज बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमला परेको मन्त्री थापाले जानकारी दिनुभयो ।
घटनामा परेर दिवङ्गत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पुरयाउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ ।
सरकारले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा