
काठमाडौँ, ५ असार । नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशनमा पर्ने विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरी लीलाबल्लभ दाहालको नेतृत्वमा नयाँ कार्यदल गठन गरेको उल्लेख गर्नुभएको छ । कार्यदलका सदस्यमा सुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल रहनुभएको छ ।
उक्त कार्यदलले विवादित विषयवस्तुलाई सहमतिका आधारमा समाधान गरी एक महिनाभित्र केन्द्रीय समितिलाई प्रतिवेदन पेस गर्न आग्रह गरेको छ । सङ्घीय संरचनामा मुलुक गएको र सङ्घीयताले रुकुम र नवलपरासीलाई दुई प्रदेशमा विभाजन गरेकाले सङ्घीयताका आधारमा निर्वाचन गर्दा सीमाङ्कनका आधारमा महाधिवेशन प्रतिनिधिको नामावली तयार गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न दुई जिल्लामा दुई दुई जनालाई खटाइएको विज्ञप्तिमा उल्लेख छ ।
नवलपरासीका लागि अशोक बस्ताकोटी र गोकुल सापकोटाका साथै रुकुमका लागि वीरेन्द्रकुमार सल्यानी र युवराज खड्का रहनुभएको छ । यस्तै नेविसङ्घको ११ औँ महाधिवेशन सम्पन्न गराउनका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिले महाधिवेशन प्रतिनिधिको नामावली तयार पार्न पुरयाएको योगदानको कदर गर्दे आभार प्रकट गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते