
काठमाडौँ, ५ असार । नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशनमा पर्ने विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरी लीलाबल्लभ दाहालको नेतृत्वमा नयाँ कार्यदल गठन गरेको उल्लेख गर्नुभएको छ । कार्यदलका सदस्यमा सुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल रहनुभएको छ ।
उक्त कार्यदलले विवादित विषयवस्तुलाई सहमतिका आधारमा समाधान गरी एक महिनाभित्र केन्द्रीय समितिलाई प्रतिवेदन पेस गर्न आग्रह गरेको छ । सङ्घीय संरचनामा मुलुक गएको र सङ्घीयताले रुकुम र नवलपरासीलाई दुई प्रदेशमा विभाजन गरेकाले सङ्घीयताका आधारमा निर्वाचन गर्दा सीमाङ्कनका आधारमा महाधिवेशन प्रतिनिधिको नामावली तयार गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न दुई जिल्लामा दुई दुई जनालाई खटाइएको विज्ञप्तिमा उल्लेख छ ।
नवलपरासीका लागि अशोक बस्ताकोटी र गोकुल सापकोटाका साथै रुकुमका लागि वीरेन्द्रकुमार सल्यानी र युवराज खड्का रहनुभएको छ । यस्तै नेविसङ्घको ११ औँ महाधिवेशन सम्पन्न गराउनका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिले महाधिवेशन प्रतिनिधिको नामावली तयार पार्न पुरयाएको योगदानको कदर गर्दे आभार प्रकट गरेको छ ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक