लण्डन । यूकेबासी मगरहरुले प्रकृतिको पूजाआजा गर्दै भूमे पर्व मनाएका छन् ।
पश्चिम नेपालका मगरहरुले विशेष रुपमा मनाइने भूमे पर्वलाई यूकेमा रहेको खामभाषी मगर समाजले मनाउने चाँजो मिलाएको हो ।
मेडिस्टोनस्थित न्यू लाइन एकेडेमीको खुला चौरमा शनिबार आयोजना गरिएको सो पर्व १२ बाजाको १२ तालमा १२ ताल नाच्दै मनाइने सो समाजका सल्लाहकार वीरप्रसाद घर्तीमगरले बताए ।
सो क्रममा नेपालमा जस्तै महिला पुरुषहरु नाच्दै जंगल जाने चोखोपानी र बुकी फूल ल्याउने, यसरी ल्याइएको फूल, पानी चढाएर भेडाको प्रतीक बनाइएको खरबुजालाई बली दिइएको थियो ।
गाउँघरमा यसै दिन मुखिया चुन्ने परम्परा रहिआएकोमा यहाँ पनि खामभाषी मगर समाज यूकेको नयाँ कार्यसमिति आजै चयन गरियो । जसमा हिक्मतसिंह रोका अध्यक्ष, राजकुमार बुढा उपाध्यक्ष, धनकुमार बुढा सचिव र कमल निरस रोका कोषाध्यक्ष छन् भने सदस्यहरुमा माला घर्तीमगर, ज्ञानबहादुर पुन, केशरबहादुर रोकामगर, धनकुमार पुन, दीपिका रोका, जितबहादुर पुन, लक्ष्मी घर्तीलाई सदस्यमा चयन गरियो । सल्लाहकारहरुमा जामबहादुर पुन, दलबहादुर बुढा र वीरप्रसाद घर्ती रहेका छन् । उनीहरुलाई मगर संघ युकेका अध्यक्ष नेम थापा र मगर महिला संघ युकेकी अध्यक्ष छविमाया पुनले फेटा लगाइ पुष्पगुच्छा दिएका थिए ।
कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष नेम थापा, निवर्तमान अध्यक्ष दुतबहादुर पुन, मगर महिला संघका अध्यक्ष छविमाया पुन र पूर्व अध्यक्ष हिमाली रानालाई खामभाषी मगरका ज्येष्ठ महिला र पुरुषले फेटा लगाइ पुष्पगुच्छा दिएका थिए ।
कार्यक्रममा अध्यक्ष थापा र निवर्तमान अध्यक्ष पुनले मन्तब्य दिएका थिए भने मगर संघ यूकेका सचिव वीरप्रसाद घर्तीले भूमेका बारेमा जानकारी गराएका थिए ।
वर्षाऋतु लागेपछि दैवीप्रकोप, बाढीपहिरोबाट बच्न र अन्नबाली सप्रियोस् भनेर भूमिलाई पूजा गर्ने प्रचलनलाई भूमे पूजा भनिन्छ । राप्ती र धवलागिरी अंचलका मगरहरुले असार संक्रान्तिका दिनदेखि एकहप्तासम्म नाचेर यो पर्व मनाउने गर्दछन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा