लन्डन । बेलायतको प्रतिपक्ष दल लेबोरकी एक महिला सांसदको हत्या भएको छ । ब्याट्ली र स्पेन क्षेत्रकी सांसद जो कक्स् को बिहीबार आफ्नै निर्वाचन क्षेत्रमा गोली प्रहारबाट हत्या भएको हो ।
वेष्ट योर्कसायरको बर्सटल लाइब्रेरी नजिक उनलाई गोली हानिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो । ४१ वर्षीया कक्स् २५ वर्ष पछि मारिने पहिलो बेलायती सांसद हुन् । जो गत वर्षमात्र सांसद निर्वाचित भएकी थिइन् । कक्स बेलायती राजनीतिमा उदयीमान मानिन्थिन् ।
सन् १९९० मा आइरिस रिपब्लिकन आर्मी (आइआरए) को बम आक्रमणमा सांसद इयान गो मारिएका थिए ।
प्रहरीले गोली प्रहार गर्ने ठानिएका आरोपी ५२ वर्षीय टोमी म्यार नामक एक पुरुषलाई मार्केट स्ट्रिटबाट गिरफ्तार गरि कष्टडीमा राखेको बीबीसीले जनाएको छ ।
कक्सका पति ब्रेन्डनले दुष्मनीका विरुद्ध एकजुट हुन सबैमा अपिल गरेका छन् ।
हत्यापछि इयू जनमत संग्रहको अभियान २४ घण्टाका लागि स्थगित गरिएको छ । जोले बेलायत इयू मा रहिरहनु पर्ने अभियानको वकालत गरिरहेकी थिइन् ।
जोको हत्यापछि बेलायती समुदाय स्तव्ध छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, लेबोर नेता जेरेमी कोरबीन, चान्सलर जोर्ज असबोर्न, गृहमन्त्री टेरेजा मे, अमेरिकी विदेशमन्त्री जोन केरी लगायत नेताले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई