
नेपाल पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेल बिहीबार राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आयोजित विपत पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, २ असार । सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने योजना गरेको सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने भएको छ ।
ग्रामीण पर्यटनको दरिलो आधार मानिने घरबास कार्यक्रम (होमस्टे)को विकास गरी आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डको सहयोगमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘विपद् पर्यटन पत्रकारिता’ विषयक तालिमको समापन समारोहमा उहाँले भन्नुभयो, “नेपालको पर्यटन प्रवद्धन गर्ने होमस्टे नै महत्वपूर्ण आश्रय थलो हो, यसलाई गाउँगाउँमा प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याइन्छ ।”
मन्त्री पोखरेलले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सकारात्मक सन्देश सञ्चारमाध्यममार्फत विश्वभरी प्रवाह गर्नुपर्ने खाँचो औँल्याउँदै त्यसप्रति सञ्चारमाध्यम गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
भूकम्पप्रभावित जिल्लामा ११ वटा स्थानमा भूकम्प स्मारक निर्माण गर्ने सरकारको तयारी रहेको र त्यसले पनि विश्वका पर्यटकको ध्यान आकर्षित गर्ने बताउनुभयो ।
नेकपा (एमाले) का पर्यटन विभाग प्रमुख सूर्य थापाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान र बजारीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, पर्यटन व्यवसायी मोहन लम्साललगायतले पर्यटन क्षेत्रको विकासका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
विपद्मा पर्यटन पत्रकारिता कसरी गर्ने भन्ने विषयमा पत्रकारलाई अभिमुखीकरण गरिएको थियो । विपद्मा खास गरी साहसिक पर्यटनका क्षेत्रमा समाचार लेख्दा ध्यान पुरयाउनुपर्ने विषयमा विज्ञले प्रशिक्षण दिएका थिए ।
विपद्मा पत्रकारिता क्षेत्रको भूमिका, पर्वतारोहण, पदयात्रा, बाढी पहिरोलगायत विषयमा विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गाल, नेपाल पर्वतारोेहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पा, रेडियो नेपालका पत्रकार हरिशरण लामिछाने र न्यूज ट्वेन्टीफोर टेलिभिजनका पत्रकार प्रेम बानियाँले प्रशिक्षण दिनुभएको थियो । तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत ४० सञ्चारकर्मीको सहभागिता थियो ।
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड