
नेपाल पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेल बिहीबार राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आयोजित विपत पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, २ असार । सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने योजना गरेको सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने भएको छ ।
ग्रामीण पर्यटनको दरिलो आधार मानिने घरबास कार्यक्रम (होमस्टे)को विकास गरी आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डको सहयोगमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘विपद् पर्यटन पत्रकारिता’ विषयक तालिमको समापन समारोहमा उहाँले भन्नुभयो, “नेपालको पर्यटन प्रवद्धन गर्ने होमस्टे नै महत्वपूर्ण आश्रय थलो हो, यसलाई गाउँगाउँमा प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याइन्छ ।”
मन्त्री पोखरेलले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सकारात्मक सन्देश सञ्चारमाध्यममार्फत विश्वभरी प्रवाह गर्नुपर्ने खाँचो औँल्याउँदै त्यसप्रति सञ्चारमाध्यम गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
भूकम्पप्रभावित जिल्लामा ११ वटा स्थानमा भूकम्प स्मारक निर्माण गर्ने सरकारको तयारी रहेको र त्यसले पनि विश्वका पर्यटकको ध्यान आकर्षित गर्ने बताउनुभयो ।
नेकपा (एमाले) का पर्यटन विभाग प्रमुख सूर्य थापाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान र बजारीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, पर्यटन व्यवसायी मोहन लम्साललगायतले पर्यटन क्षेत्रको विकासका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
विपद्मा पर्यटन पत्रकारिता कसरी गर्ने भन्ने विषयमा पत्रकारलाई अभिमुखीकरण गरिएको थियो । विपद्मा खास गरी साहसिक पर्यटनका क्षेत्रमा समाचार लेख्दा ध्यान पुरयाउनुपर्ने विषयमा विज्ञले प्रशिक्षण दिएका थिए ।
विपद्मा पत्रकारिता क्षेत्रको भूमिका, पर्वतारोहण, पदयात्रा, बाढी पहिरोलगायत विषयमा विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गाल, नेपाल पर्वतारोेहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पा, रेडियो नेपालका पत्रकार हरिशरण लामिछाने र न्यूज ट्वेन्टीफोर टेलिभिजनका पत्रकार प्रेम बानियाँले प्रशिक्षण दिनुभएको थियो । तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत ४० सञ्चारकर्मीको सहभागिता थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा