लन्डन । नेपाली साहित्य विकास परिषद यूकेका कार्यवहाक अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लद्वारा रचित एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलिया बस्दै आएका गायक इश्वर पोखरेल र सुमिना सिंहको स्वर र हरि लम्सालको संगीत रहेको ‘तिमी जुन गहिराइमा छौ हाम्रो आंखाको…’ गीतको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो सिड्नी निवासी राजिव भुसालले गरेका हुन् ।
मल्लको गीत यसअघि गायक गायिकाहरु रामकृष्ण ढकाल, कुन्ती मोक्तान, सुक्मित गुरुङ, सपन राई, सितु खरेल, पबित्रा गुरुङ, अनिल सिंह, नगेन्द्र श्रेष्ठ, सपना परियार, अन्जु गुरुङ लगायतले गाइसकेका छन् भने
न्हुयू बज्राचार्य, बुलु मुकारुङ, शम्भुजित बास्कोटा, अनिल सिंह
आदिले संगीत भरिसकेका छन् ।
निराकार साहित्यिक नामले चिनिने मल्ल विशेषगरि गीत, कविता र कथामा बढि रुची राख्छन् । उनका परिचय (रिमिक्स एल्बम), इच्छा (गीति एल्बम), तमसुक (कविता संग्रह), फिरादपत्र (कविता संग्रह), तमसुक (अडियो कविता संग्रह, सम्भवतः विदेशबाट पहिलो अडियो कविता संग्रह), नेताहरुको महंगो बजार (कविता संग्रह), पिरतीको चाल (गीत, कविता संग्रह) प्रकाशित भइसकेका छन् भने म के लेखुं ? प्रेसमा छ ।
हेर्नुहोस् म्यूजिक भिडियो
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट