
काठमाडौँ, १ असार । राष्ट्रिय मानवअधिकार आयोगले नेत्र विक्रम चन्द माओवादीद्वारा विभिन्न स्थानका सञ्चार सेवा प्रदायक संस्था एनसेल टावरमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एनसेलका टावर जलाइएपछि नागरिकको स्वतन्त्रपूर्वक सञ्चार सम्पर्क गर्न पाउने अधिकार प्रभावित भएको भन्दै आयोगले घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गरेको छ ।
एनसेल टावर जलाइएपछि सल्यान, चितवनलगायत विभिन्न जिल्लाका अधिकांश गाविस सञ्चारविहीन भएका छन् । आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा (१९) ३ मा सञ्चारको हकमा कानुनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोनलगायत सञ्चार साधनलाई अवरुद्ध गर्न नपाइने उल्लेख भएको स्मरण गराउनुभएको छ ।
साथै, आयोगले जेठ ७ गते ललितपुरको होगल इलाछे, मङ्गलबजारस्थित एक पसलमा ग्यास सिलिन्डर पड्केर तीन जना व्यक्तिको मृत्यु भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
आयोगले आजै उक्त घटनाको सम्बन्धमा स्थानीय प्रशासन तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचारसमेत गरेको जानकारी दिएको छ ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा